+
+

कोशी प्रदेशमा कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १०:०९

२६ असोज, विराटनगर। नेपाली कांग्रेसले कोशी प्रदेशको कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

मुख्यमन्त्रीको दाबी गर्दा डा. शेखर कोइराला पक्षले एमालेसँग मिलेर विद्रोह गरेपछि निर्णय गर्न प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टी र गठबन्धनको निर्णयविपरीत कोइराला पक्षले  गरेको विद्रोह बारेमा छलफल र निर्णय हुने नेपाली कांग्रेस नेता भूपेन्द्र राईले बताए ।

नेकपा एमालेसँग मिलेर कांग्रेसका २९ सांसद मध्ये ८ जनाले विद्रोह गरेका छन् । र, उनीहरुका तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले दाबी पेश गरेका छन् ।

गठबन्धनले  नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।

दलका सांसदले गरेको विद्रोहका बारेमा कार्यसम्पादन समितिले निर्णय गर्ने नेता राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?