+
+

मानव अधिकार आयोगमा ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १६:५१

२६ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ ।

शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएका हुन् ।

उनले भने, ‘हालसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा आएका छन्, स्थापना कालदेखि । त्यसमा ८० प्रतिशत जति द्वन्द्वसँग नै सम्बन्धित रहेका छन् । हालसम्म कुल निर्णय भएको ९ हजार १३६ निवेदनहरु राष्ट्रिय मानव अधिकार आयोगमा आएका थिए, यसमा निर्णय भइसकेको छ ।’

उनले अहिलेसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा परेको पनि बताए । उनले आयोगले सिफारिस गरेको १४ सय ३३ मध्ये पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए ।
‘त्यसमध्ये कुल हामीले सिफारिस गरेको १४ सय ३३ अन्तिम राहत, पीडितलाई क्षतिपूर्ति, विभागीय कारबाही, कारबाही प्रक्रिया, दोषीलाई सजाय आदिमा हामीले १४ सय १३ वटा सिफारिस गरेका छौँ ।’ उनले भने ।

उनले सिफारिस पूर्ण रुपमा कार्यान्वयन भएका १५.३० प्रतिशत रहेको बताए । उनले आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत र लागू नभएको ४५.५ प्रतिशत रहेको रहेको बताए ।

उनले भने, ‘हाम्रो सिफारिस पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन पूर्ण रुपमा लागू भएका सिफारिस पूर्ण रुपमा कार्यान्वयन भएका १५.३० प्रतिशत छ । आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत छ, लागू नभएको ४५.५ प्रतिशत रहेको छ ।’

अध्यक्ष मगरले आफूहरु आयोगमा आएदेखि २१८ वटा सिफारिस गरेको, मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान र छानबिन भइ निर्णय हुन बाँकी १४ सय ६२ रहेको बताए ।

‘हामी आयोगमा जोडिएपछि ९२९ थान निवेदन फर्स्योट भएका छन् । त्यसमध्ये आयोगले हामी आएपछि २१८ सिफारिस गरेको छ । मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान बाँकी छन्, त्यसमध्ये छानबिन भइ निर्णय हुन बाँकी १४ सय ६२ छन् । त्यसमा निर्णयमा पुग्न बाँकी छ । २६ सय ८८ निवेदन अनुसन्धानका क्रममा छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?