+
+

हुम्ला जान हवाई टिकट पाउनै समस्या   

रासस रासस
२०८० असोज २७ गते १४:०४

२७ असोज, हुम्ला । वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो ।

सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताइन् । उनले ११ दिनदेखि नेपालगञ्ज जाने टिकट पाउन नसकेको गुनासो गरिन् । दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि टिकट सकिएको जवाफमात्र पाउने गरेको उनको भनाइ छ ।

यहाँबाट नेपालगञ्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । सीता, तारा र नेपाल एयरलाइन्सले हप्तामा एकदेखि चार उडान मात्र भर्ने गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?