+
+

मनाङ एयरका पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १९:४५
दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टर

२७ असोज, काठमाडौं । शनिबार विहान दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि मुम्बई लगिने भएको छ ।

उनको उपचार भइरहेको ह्याम्स अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी पाइलट सेढाईंलाई थप उपचारका लागि शनिबार नै भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएको छ ।

उपचारमा संलग्न ह्याम्स अस्पतालका कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. सविन कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘उहाँलाई उहाँको परिवार तथा एयरलाइन्ससँगको सरसल्लाहमा थप उपचारका लागि भारतको नेशनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भइरहेको छ ।’

मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार विहान सोलुखुम्बुको लुक्लाबाट लोबुचेतर्फ जाने क्रममा दुर्घटनामा परेको थियो । हाइ अल्टिच्युडमा रहेका पर्यटक उद्धारका लागि गएको हेलिकप्टर दुर्घटनामा परेको थियो । हेलिकप्टरमा पाइलट सेढाईंमात्र सवार थिए ।

दुर्घटनापछि उनलाई उपचारका लागि हेलिकप्टरबाट ह्याम्स अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार उनको भेन्टिरलेटरमा राखेर उपचार भइरहेको छ ।

‘उहाँको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै उहाँको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उहाँको शरीर र हातको उपचारको लागि अपरेसन कक्षमा डेब्रिडमेन्ट र इस्काराक्टोमी गरी उपचार भएको छ’, डा. कोइरालाले विज्ञप्तिमा भनेका छन् ।

हेर्नुहोस् अस्पतालको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?