+
+

कोशीका मुख्यमन्त्री कार्कीले शपथ लिंदै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते ९:२९

२८ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताएको छ ।

कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

कांग्रेस विद्रोही समूहका दुई र एमालेका दुई जनालाई मन्त्री बनाउने तयारी रहेको कार्कीनिकट स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?