+
+

पद नछोड्ने कोशीका मुख्यमन्त्रीको अडान, भन्छन् – संविधानको धारामै नुहाउँछु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १६:३०

७ वैशाख, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावकै आधारमा आफूले पद नछोड्ने अडान राखेका छन् ।

शुक्रबार एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिन माग गर्दै पेश गरेको संकल्प प्रस्तावमाथि जवाफ दिँदै उनले संकल्प प्रस्ताव पारित भए पनि पद नछोड्ने बताएका हुन् ।

उनले आफू संविधानको धारा अनुसार चल्ने भन्दै आफूलाई पदमुक्त गर्न संकल्प प्रस्तावको बाटो नलिन विपक्षी दलहरुलाई आग्रह गरे ।

‘म संविधान मान्ने व्यक्ति हुँ । संविधान मानेर नै मुख्यमन्त्री भएको हुँ । संविधानको धारा भन्दा बाहिर पोखरीतिर जान्न । म संविधानको धारामै बसेर नुहाउछु, संविधानको धारा नै पवित्र छ । संविधानको धाराको पानीले भएन भनेर आहाल बसेको पोखरीको पानी ल्याएर हामी संसदलाई अपवित्र नबनाऔं, संसदमा किटाणु नछरौं’, उनले भने ।

मुख्यमन्त्री कार्कीले आफूलाई पदमुक्त गर्न संकल्प प्रस्तावको बाटो लिनु गलत भएको भन्दै त्यसलाई पोखरीको पानी भनी टिप्पणी गरेका हुन् ।
उनले बरु आफ्नो सरकारमा प्रदेशसभामा रहेका सबै दललाई समावेश गरेर सर्वदलीय सरकार बनाउन आग्रह गरे ।

यसअघि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री भएका बेला पनि सर्वदलीय सरकार बनाउन आह्वान गरेको भन्दै उनले अहिले आफू नेतृत्वको सरकारलाई सर्वदलीय बनाउन आग्रह गरे ।

‘सर्वसम्मतिको सर्वदलीय सरकार बनाऔं, अनिश्चिततामा प्रदेशलाई नधकेलौं’, उनले भने ।

एमाले र माओवादी केन्द्रले ल्याएको संकल्प प्रस्ताव शुक्रबार कोशी प्रदेशसभाबाट बहुमतले पारित भएको छ । उक्त संकल्प प्रस्तावमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?