News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता केदार कार्कीले ३१ जेठमा विराटनगरमा आयोजित भेलामा पुराना कार्यकर्तालाई पाखा लगाउने नेतृत्वको कदम सच्याउनुपर्ने बताए ।
- उनले पार्टी नेतृत्वप्रति प्रश्न गर्दै भने, "राणा र राजामा नभएको आँट सभापतिमा कहाँबाट आयो ?"
- पूर्वमुख्यमन्त्री कार्कीले विराटनगरको भेला कांग्रेस भत्काउनका लागि नभई एकताका लागि आयोजना गरिएको स्पष्ट पारे ।
३१ जेठ, विराटनगर । नेपाली कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीका पुराना र निष्ठावान कार्यकर्ताहरूलाई पाखा लगाउने नेतृत्वको कदम सच्याउनु पर्ने बताएका छन् ।
विराटनगरमा आयोजित इतर पक्षको भेलालाई सम्बोधन गर्दै कार्कीले सिद्धान्त बोकेका कार्यकर्ताको क्रियाशील सदस्यता खारेज गर्ने आँट निरंकुश राणा र राजाहरूमा समेत नभएको बताए । ‘राणा र राजामा नभएको आँट सभापतिमा कहाँबाट आयो ?’
उनले नेतृत्वकोले दोहोरो चरित्र देखाएको पनि आरोप लगाए । ‘२२ गते बेलुकासम्म शेरबहादुर दाईसँग डिनर (रात्रभोज) गर्ने, तर २४ गते उहाँकै टाउको फुट्दा विज्ञप्तिसम्म ननिकाल्ने ?,’ उनले भने, ‘२२ गतेको डिनर मिठो हुने तर २४ गतेको रगत गन्हाउने ?’
कार्कीले विराटनगरको भेला कांग्रेस भत्काउनका लागि नभई एकताका लागि भएको बताए । बहुमतको नाममा अल्पमतमा रहेकाहरूले कांग्रेसलाई झुक्याउने काम गरिरहेको आरोप उनको थियो । ‘नेतृत्वलाई अपमान गरेर होइन, सम्मान गरेर कांग्रेस एक बनाउनुपर्छ। बहुमतले कांग्रेस भत्काउँदैन, बरु कांग्रेसलाई तल झर्नबाट जोगाउन यो एकताको भेला हो,’ उनले भने ।
प्रतिक्रिया 4