+
+

कोशीका मुख्यमन्त्रीले भने : सहमतिको सरकार बन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १६:०८

२८ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले सहमतिको सरकार बन्ने बताएका हुन् ।

कार्कीले आफू नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गरे । ‘प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि, जनता फेरि लाइनमा लागेर मतदानमा जानुपर्छ कि, राज्यको ढुकुटी कहीँकतै बीचैमा खर्च हुन्छ कि भन्ने चिन्ता समाप्त भएको छ’, उनले भने ।

प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने पनि मुख्यमन्त्री कार्कीले बताए । उनले भौतिक विकास मात्र नभई मानवीय विकास पनि प्राथमिकतामा राखेर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?