+
+

कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १३:४८

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् ।

४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राखेका हुन् ।

सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो ।

कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।

कांग्रेसका आठ जनाले विद्रोह गरि केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् ।

कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् । देउवाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ भने अनुपस्थित रहने भएका छन् । इण्डोनेसिया भ्रमणमा रहेका उनी ३ कात्तिकमा फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?