+
+

भान डाइकले इन्जुरी टाइममा गोल गरेपछि नेदरल्याण्ड्स विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते ८:०५

३० असोज, काठमाडौं । कप्तान भर्जिल भान डाइकले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि नेदरल्याण्ड्सले युरो कप २०२४ छनोटमा महत्वपूर्ण जित निकालेको छ ।

भान डाइकको ९३औं मिनेट गोल मद्दतमा ग्रीसलाई १-० ले पराजित गरेको हो ।

यो जितपछि नेदरल्याण्ड्स ग्रीसलाई पछि पार्दै समूह बी को दोस्रो स्थानमा उक्लेको छ र युरोमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

नेदरल्याण्ड्सको ६ खेलबाट १२ अंक भएको छ । ग्रीसको ७ खेलबाट १२ अंक छ र तेस्रो स्थानमा झरेको छ । दुई पटक ग्रीसलाई हराएकोले हेड टु हेडका आधारमा नेदरल्याण्ड्स अघि रहेको हो ।

यसै समूहको अर्को खेलमा आयरल्याण्डले जिब्राल्टरलाई ४-० ले पराजित गरेको छ ।

पोर्चुगलको ५ गोल

युरोकपमा छनोट भइसकेको पोर्चुगलले बोस्निया एन्ड हर्जगोभिनालाई ५-० ले पराजित गरेको छ । उसका लागि क्रिस्टियानो रोनाल्डोले  दुई तथा ब्रनो फर्नान्डेज,  जाओ कान्सेलो र जाओ फेलिक्सले एक एक गोल गरे ।

दुई गोल गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या १२७ बनाएको छ ।

युरोकपमा स्थान पक्का गरेको पोर्चुगलले छनवटमा शतप्रतिशत नतिजा निकाल्दै ८ खेलबाट २४ अंक भएको छ ।

यसै समूहको अर्को खेलमा स्लोभाकियाले लक्जेमवर्गलाई १-० ले हरायो । स्लोभाकिया ८ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा छ ।

लक्जेम्वर्ग ११ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?