+
+

पाकिस्तान फर्किए नवाज शरीफ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ४ गते १६:१८

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ इस्लामावाद पुगेका छन् । मुस्लिम लीग एनका नेता समेत रहेका शरीफ चार वर्षको आत्म–निर्वासनपछि शनिबार इस्लामाबाद अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

पूर्व सूचनामन्त्री मरियम औरंगजेबका अनुसार उनी विमानस्थलबाट सिधै लाहौर जाने छन् र सभालाई सम्बोधन गर्नेछन् ।

२०१७ जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्सको मुद्दामा शरीफलाई अयोग्य घोषित गरेको थियो ।

त्यसपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?