+
+
Shares

टीकाको दिन काठमाडौं उपत्यकामा सशस्त्रको निःशुल्क बस सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते २०:२६

५ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिए भएको छ ।

दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ ।

दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन हुनेछन् ।

बा१ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुनस्नक्शालसम्म निस्शुल्क सेवा दिनेछ ।

अर्को बा।१ग।२६०८ नम्बरको बसले, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निस्शुल्क सेवा सञ्चालन हुने सशस्त्रले
जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?