२९ असोज, काठमाडौं । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २९६ जना प्रशिक्षार्थी दीक्षित भएका छन् । करिब ११ महिनाको कठोर तथा अनुशासित तालिम पूरा गरेका प्रशिक्षार्थी जवानहरू बिहीबार दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गरेका हुन् ।
दीक्षित जवानहरूमध्ये राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थबाट १२३ जना, पाथिभरा जवान तालिम शिक्षालय, झापाबाट ११७ जना, दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीबाट ११६ जना, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय, ककनी, नुवाकोटबाट २३३ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट ११९ जना रहेका छन् ।
यसैगरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन, पोखराबाट ११५ जना, सीमा सुरक्षा तालिम शिक्षालय, बर्दघाट, नवलपरासी (पश्चिम) बाट १२५ जना, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौबस्ता, बाँकेबाट ११६ जना, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय, टीकापुर, कैलालीबाट ११३ जना र बडिमालिका जवान तालिम शिक्षालय, वनभेहडा, कैलालीबाट ११९ जना प्रशिक्षार्थी जवान दीक्षित भएका हुन् ।
प्रतिक्रिया 4