+
+

लासजस्तै गरी कफिनमा सुत्छिन् यी युवती, यस्तो छ कारण

एजेन्सी एजेन्सी
२०८० कात्तिक ९ गते १२:०२

के तपाईं लास राख्ने कफिनमा सुत्न चाहनुहुन्छ ? Sad Spice नामबाट टिकटकमा चर्चित दक्षिण अमेरिकाकी एक युवती पछिल्ला दिनमा यही कारणले गर्दा चर्चामा छिन् ।

ड्राकुलाको अभिनय गर्ने ती युवतीले आफ्नो शोखलाई यति चरम अवस्थामा पुर्‍याएकी छिन् कि उनी लासजस्तै गरी कफिनमा सुत्छिन् । आफूलाई कफिनमा सुत्नु निकै आरामदायी हुने पनि उनी बताउँछिन्।

उनको भाइरल बनेको एउटा टिकटक भिडियोमा उनले आफू सुत्ने बेड देखाएकी छिन्, जुन पत्यारै नलाग्ने खालको छ ।

युवतीले भिडियोमा एउटा कफिन देखाउँदै त्यो आफ्नो बेडरुम रहेको र आफ्नो लागि निकै आरामदायी रहेको बताउँछिन् ।

उनी भन्छिन्, ‘हो, मैले आफ्नो बेडरुममा साँच्चिकै कफिन राखेकी छु। मानिसहरु मलाई अजीव भनुन् तर मेरो लागि यो निकै गज्जब छ ।

टिकटकमा उनको यो भिडियो १२ लाखभन्दा धेरैले हेरिसकेका छन् । यी युवती प्रायः विभिन्न खालका कस्ट्युम प्ले आउटफिटमा देखिने गर्दछिन् र चर्चा कमाउँछिन् । उनका टिकटकमा लाखौं फलोअर्स छन्।

पछिल्लो भिडियोमा उनले भनेकी छिन्, ‘म आफ्नो कफिनको बारेमा केही प्रश्नहरुको जवाफ दिन गइरहेकी छु । मैले यो कास्केट बिल्डर सप्लाई नामक ठाउँबाट रंग नलगाइकन खरिद गरेकी हुँ । यो कफिन ६ फिट ८ इन्च लामो छ र यसलाई ढुुवानी गर्नका लागि मैले अरुको सहयोग लिनु परेको थियो । हुनत तपाईंलाई यो व्यवस्था असुविधायुक्त तथा खतरनाक पनि लाग्नसक्छ, तर त्यस्तो छैन । यहाँ चार इन्चको एउटा मेमोरी फोम छ, त्यसैले म यसमा आरामसँग सुत्न सक्छु । यद्यपि यसमा श्वास लिनका लागि गाह्रो हुँदैन, तर पनि मैले यसको ढक्कन बन्द गर्दिनँ ।’

आफूलाई किन बच्चैदेखि कफिनमा सुत्न मन लाग्छ भन्ने बारेमा पनि उनले अनौठो खुलासा गरेकी छिन् । सबै खालका दु:खहरुबाट लुक्न सकियोस् भनेर आफू १४ वर्षको उमेरदेखि नै कफिनमा सुत्न चाहेको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘पहिलोपटक जब मैले बुवाआमालाई के म कफिनमा आफ्नो बिस्तारा बनाउन सक्छु ? भनेर सोध्दा उहाँहरुले सिधै इन्कार गर्नुभयो । तर अहिले भने मसँग यस्तो बेड छ । म यो कफिनमा बस्दा आफ्ना सबै समस्याहरुका साथै मन नपर्ने मान्छेहरुबाट समेत टाढा भएको महसुस गर्दछु।’

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?