+
+

राष्ट्रसंघका महासचिव फर्केपछि कतारका राजा नेपाल आउँदैछन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ११ गते १६:०५

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणपछि कतारका राजा शेख तमिम बिन हमद अल थानी आउने बताएका छन् ।

शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफू नेतृत्वको सरकारको कुटनीतिक सफलताका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको बताए । महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदैछन् ।

‘उहाँ (संयुक्त राष्ट्रसंघका महासचिव) फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कुटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

संयुक्त राष्ट्रसंघको महासभा र अति कम विकसित मुलुकको सम्मेलनमा आफूले गरेको सम्बोधन र पहलका कारण संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउन लागेका उनले बताए ।

‘यो पटक एलडीसीको चेयरम्यानको हैसियतले मैले संयुक्त राष्ट्रसंघको महासभामा, एसडीजी (दिगो विकास लक्ष्य) समिट र एलडीसी (अति कम विकसित मुलुक) समिटहरुमा मैले गम्भीर ढंगले नै कुराहरु उठाएको थिएँ । मलाई लाग्छ हाम्रो कुटनीतिक सफलताको परिणामस्वरुप महासचिव आउँदै हुनुहुन्छ, यसले नेपालको प्रतिष्ठामा र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?