+
+

अलाभेजलाई हराउँदै एट्लेटिको तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते ६:२५

१३ कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडले अलाभेजलाई २-१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोका लागि रोड्रिगो रिक्वेल्मेले २६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी टाइममा अल्भारो मोराटाले गोल गरी एट्लेटिकोको अग्रता दोब्बर पारे ।

अलाभेजका लागि एन्डर गुएभाराले इन्जुरी टाइममा एक गोल फर्काए ।

जितपछि १० खेलबाट २५ अंक जोडेको एट्लेटिको बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ ।

११ खेल खेलिसकेको बार्सिलोनाको २४ अंक छ ।

पराजित अलेभज ११ खेलबाट ९ अंकसहित १७औं स्थानमा छ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?