+
+

निमावि शिक्षक लाइसेन्सको लागि एक लाख ७५ हजारले भरे फारम

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १५:२९

१४ कात्तिक, काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको शिक्षक लाइसेन्स परीक्षाको लागि करिब दुई लाखले फारम भरेका छन् ।

शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्टाको अनुसार एक लाख ७५ हजार जनाले परीक्षा फारम भरेको जानकारी दिए ।

आयोगले १८ कात्तिकमा निमावि तहको शिक्षक लाइसेन्स परीक्षा नेपालभर ६७५ परीक्षा केन्द्रमा सञ्चालन गर्ने तयारी गरेको छ ।

आयोगले लोकसेवा आयोगको परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै सोमबार बागमती प्रदेश काठमाडौं जिल्लाका निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको थियो ।

आयोगको अनुसार परीक्षा दिउँसो एक बजे सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?