+
+

राष्ट्रिय सभा चुनावको तयारीमा निर्वाचन आयोग, मितिबारे सरकारसँग परामर्श

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते ११:३९
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया

१५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनाव आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी तयारी अगाडि बढाएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको छ ।

राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्दछ ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्य हरेक दुई–दुई वर्षमा रिक्त हुने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?