+
+

रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १६:१९

१५ कात्तिक, काठमाडौं ।  संविधान दिवशमा कैद सजाय मिनाहा पाएका रिगल ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ ।

कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका  सहायक प्रवक्ता गोविन्द घिमिरेले बताए ।

बाँकेका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती शेर्पाले रिगलविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?