+
+

भूकम्प प्रभावित क्षेत्रमा छिमेकी जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी केन्द्रित गर्ने कर्णाली सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते ९:५२

१८ कात्तिक, काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिए ।

उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय भएको छ ।

यसैबीच आज बिहानै कर्णाली प्रदेश सरकारले पठाएको औषधिसहितको हेलिकोप्टर आज बिहान जाजरकोट र रुकुम पश्चिममा पुगिसकेको छ ।

मुख्यमन्त्री राजकुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमा पुगेको उनका प्रेस सल्लाहकार शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?