+
+

बर्नमाउथको पोष्टमा ६ गोल हान्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ६:२७

१९ कात्तिक, काठमाडौं । एएफसी बर्नमाउथलाई ६-१ ले पराजित गर्दै साविक विजेता म्यानचेष्टर सिटी प्रिमियर लिगको क्कीर्ष स्थानमा उक्लेको छ ।

शनिबार राति घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा युवा खेलाडी जेरेमी डोकु चम्कँदा सिटीले फराकिलो जित हात पारेको हो ।

खेलमा एक गोल गरेका डोकुले चार असिस्ट गरेका थिए । यस्तै बर्नानर्डो शिल्भाले दुई गोल गरे भने मानुएल अकान्जी, फिल फोडेन र नाथन एकेले एक/एक गोल गरे ।

डोकुले ३०औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनकै पासमा बर्नाडोले ३३औं र अकान्जीले ३७औं मिनेटमा गोल गर्दै सिटीले पहिलो हाफमै तीन गोलको अग्रता बनायो । त्यसपछि फोडेनले ६४औं र बर्नानर्डोले ८३औं मिनेटमा पासमै डोकुकै पासमा गोल गरे । ८८औं मिनेटमा एकेले गोल गरे ।

बर्नमाउथका लागि लुइस सिनिस्टेराले ७४औं मिनेटमा एक गोल फर्काए ।

जितपछि ११ खेलबाट २७ अंक जोड्दै सिटी शीर्ष स्थानमा उक्लेको हो । एक खेल कम खेलेको टोटनहम २६ अंकसहित दोस्रो स्थानमा छ ।

शीर्ष ट्टीनमा रहेको आर्सनल भने न्युकासल युनाइटेडसँग १-० ले पराजित भएको छ । घरेलु मैदानमा न्युकासललाई जिताउन एन्टोनी गोर्डनले ६४औं मिनेटमा गोल गरे । यो हारपछि दोस्रो स्थानमा उक्लने मौका गुमाएको आर्सनलको ११ खेलबाट २४ अंक छ र तेस्रो स्थानमै छ ।

जितपछि न्युकासल ११ खेलबाट २० अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

अर्को ब्रुनो फर्नान्डेजेल इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले फुलहमलाई १-० ले हरायो ।

यो जितपछि युनाइटेड ११ खेलमा १८ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?