+
+

सानिमा माइ हाइड्रोपावरको नाफा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते ९:१९

२० कात्तिक, काठमाडौं । सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्रीवापत आम्दानी बढ्दा र वित्तीय खर्चमा केही व्यवस्थापन गर्दा नाफामा सुधार देखिएको हो । विद्युत् बिक्रीबाट कम्पनीले ३ महिनामा ३२ करोड ९८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत वर्ष यस अवधिमा यस्तो आम्दानी ३२ करोड १७ लाख रुपैयाँ थियो ।

कम्पीको प्रतिसेयर आम्दानी (ईपीएस) समीक्षा अवधिमा ४५ पैसा बढेर ७ रुपैयाँ ९७ पैसा छ । सम्पत्तिमा प्रतिफल (आरओए) ३.७६ प्रतिशत छ भने नेथवर्थ १६४ रुपैयाँ १७ पैसा छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हाल कम्पनीको बजार मूल्य प्रतिकित्ता २८८ रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?