+

‘हिंड्नु मात्र व्यायाम होइन’ (भिडियो)

२०८१ वैशाख  २५ गते ७:०० २०८१ वैशाख २५ गते ७:००
‘हिंड्नु मात्र व्यायाम होइन’ (भिडियो)

हिंड्नु राम्रो व्यायाम हो भनेर विभिन्न अध्ययनले पुष्टि गरेका छन् । पैदलयात्राले असामयिक मृत्यु र क्यान्सर जस्ता रोगको जोखिम कम गर्छ । हिंडाइको तीव्रता बढाएर थप लाभ प्राप्त गर्न सकिने चिकित्सकहरू पनि बताउँछन् ।

ग्रानाडा विश्वविद्यालयको एक अध्ययनअनुसार दैनिक ८ हजार ८०० पाइला हिंड्दा अकाल मृत्युको जोखिम कम गर्न सकिन्छ । युनिभर्सिटी अफ मेरील्याण्डको स्कुल अफ पब्लिक हेल्थले नियमित व्यायाम, विशेषगरी हिंड्दा धेरै फाइदा हुने खुलासा गरेको छ । अध्ययनअनुसार नियमित हिंड्दा विशेषगरी वृद्धहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।

मान्छे भएर जन्म लिएपछि दैनिक ४-५ हजार पाइला त हिंड्नैपर्छ, त्यो व्यायाम होइन । स्वस्थ जीवन जिउनका लागि हिंडेर मात्र हुँदैन, विभिन्न प्रकारको व्यायाम गर्नुपर्छ ।

बसेर मात्र खाने केही व्यायाम नगर्ने भन्दा केही समय हिंड्नु फाइदाजनक हुन्छ, त्यसमा त दुईमत छैन । तर हिंड्नु व्यायामको एउटा सानो पाटो मात्र हो, त्यसैले हिंडेर मात्र व्यायाम हुँदैन ।

एक स्वस्थ्य व्यक्तिका लागि हिंड्नु मात्र व्यायाम होइन । शरीरको प्रकृति हेरी विभिन्न प्रकारको व्यायाम जरुरी हुन्छ । तौल नियन्त्रण गर्न र स्वस्थ रहन हिंडेर मात्र हुँदैन ।

स्वस्थ रहन जसरी खानामा कार्बोहाइट्रेट, प्रोटिन, फ्याट, भिटामिन, मिनरसल्स आदिको सन्तुलन चाहिन्छ ।  कार्बोहाइट्रेट मात्र खाएर मान्छे स्वस्थ हुन सक्दैन । त्यसरी नै एकथरी मात्र व्यायाम गरेर मान्छे स्वस्थ हुन सक्दैन । सन्तुलित खानासँगै सन्तुलित व्यायाम गर्नुपर्छ ।

तौल नियन्त्रण गर्न खाएको भन्दा बढी खपत गर्नुपर्छ । जस्तो एउटा ५० ग्रामको चकलेट खाँदा त्यसलाई पचाउन एक घण्टा दौडिनुपर्छ । चकलेट खाएर त्यसलाई खपत गर्न मान्छे एक घण्टा त दौडिंदैन । त्यसैले सन्तुलित खाना र सन्तुलित व्यायाम दुवैमा ध्यान दिनैपर्छ ।

हामीलाई एकै प्रकारको व्यायाम दैनिक गर्दा स्वस्थ भइन्छ जस्तो लाग्छ । जस्तो हिंड्नु स्वास्थ्यका लागि राम्रो भनेपछि मान्छे दैनिक हिंड्छन् । खेतबारीमा काम गर्नु, शारीरिक श्रम गर्नु राम्रो हो भनेपछि मान्छे दैनिक बारी खन्ने काम गर्छन् । तर स्वस्थ हुन सन्तुलित खाना खाए जस्तै सन्तुलित व्यायाम पनि जरुरी हुन्छ ।

रेजिस्टेन्स व्यायाम

शरीर बलियो बनाउन गरिने व्यायाम रेजिस्टेन्स व्यायाम हो । यो तौल उठाएर गरिने व्यायाम हो, जुन घरमै पनि गर्न सकिन्छ । तर प्रशिक्षकको निगरानीमा जिममा गरेर गर्नु राम्रो हुन्छ ।

जिममा आज पाखुराको लागि व्यायाम गर्न सकिन्छ भने अर्को दिन काँधको, अर्को दिन ढाडको र अर्को दिन खुट्टाको लागि विशेष व्यायाम गर्न सकिन्छ । यसरी शरीरको सबै अंगलाई बलियो बनाउन जिममा गएर रेजिस्टेन्स व्यायाम गर्न सकिन्छ ।

रेजिस्टेन्स व्यायामको मुख्य काम मांसपेशी र हड्डीलाई बलियो बनाउने हो । यसले आन्तरिक अंग मुटुको  पनि व्यायाम हुन्छ ।

कार्डियो व्यायाम

तौल नियन्त्रणमा राख्न र स्वस्थ रहन दैनिक कार्डियो व्यायाम पनि गर्नुपर्ने हुन्छ । कार्डियोलाई एरोबिक व्यायाम पनि भनिन्छ । दौड, साइक्लिङ र पौडीजस्ता आफूलाई मनपर्ने खेल खेलेर एरोबिक व्यायाम गर्न सकिन्छ ।

यो व्यायामले मुटुलाई स्वस्थ राख्न र रक्तसञ्चारलाई राम्रो बनाउन मद्दत गर्छ । एरोबिक्स अन्य खालका व्यायाम भन्दा सरल छ र एरोबिक्स गर्न हामीलाई धेरै मेहनत पनि गर्नु पर्दैन । त्यसैले यसलाई घरमै दैनिक गर्न सकिन्छ ।

योग

शारीरिक र मानसिक दुवै रुपमा स्वस्थ रहन दैनिक योग पनि गर्नुपर्छ । सम्पूर्ण भित्री अंगलाई व्यायाम दिने काम योगबाट हुन्छ । योगले शरीरलाई स्वस्थ, तन्दुरुस्त र फूर्तिलो बनाउँछ । तर यसको लाभ यति मात्र छैन । योगले मानसिक, भावनात्मक, आत्मिक रुपमा पनि लाभान्वित गराउँछ । योगले शरीरको प्रतिरोधी क्षमता बढाउँछ । साथै मनको एकाग्रता बढाउँछ ।

व्यायाम गर्ने समय नै छैन भन्नेहरूका लागि

आजभोलि जीवनशैली एकदमै व्यस्त छ, व्यायाम गर्ने समय नै छैन भनेको पनि सुनिन्छ । तर आफूलाई स्वस्थ र तन्दुरुस्त राख्न केही समय छुट्टाएर व्यायाम गर्नैपर्छ । यसले विभिन्न रोगको जोखिमबाट बचाउँछ ।

आधा घण्टा मात्र छुट्टाएर तीनवटै व्यायाम गर्न सकिन्छ । एक आधा घण्टामा १० मिनेट कार्डियो र २० मिनेट रेजिस्टेन्स व्यायाम गर्न सकियो । अर्को दिन १० मिनेट रेजिस्टेन्स व्यायाम र २० मिनेट योग गर्ने । यसरी आधा घण्टामा पनि हामीले शरीरलाई आवश्यक तीनै प्रकारको व्यायाम गर्न सकिन्छ ।

फोटो, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

डा. सुनिल पौडेल व्यायाम हिंडाइ
डा. सुनिल पौडेल
लेखक
डा. सुनिल पौडेल
प्राकृतिक चिकित्सक तथा दुखाइ विशेषज्ञ

डा. पौडेल स्पार्क हेल्थ होम हस्पिटलका संस्थापक हुन् । उनले योग तथा प्राकृतिक चिकित्सामा स्नातक तथा क्रोनिक पेन म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । साथै पेन म्यानेजमेन्टमा एड्भान्स ट्रेनिङ पनि लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘घामबाट बच्न मात्र होइन, चाउरीपन रोक्न पनि सनस्क्रिन आवश्यक’ (भिडियो)

‘घामबाट बच्न मात्र होइन, चाउरीपन रोक्न पनि सनस्क्रिन आवश्यक’ (भिडियो)

बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?

बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?

केपी सब-भेरियन्टले नेपालमा कस्तो प्रभाव पार्ला ?

केपी सब-भेरियन्टले नेपालमा कस्तो प्रभाव पार्ला ?

रक्सी पिउँदा छालामा कस्तो असर पर्छ ?

रक्सी पिउँदा छालामा कस्तो असर पर्छ ?

पौडी खेल्दा के-के कुरामा ध्यान दिने ?

पौडी खेल्दा के-के कुरामा ध्यान दिने ?

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?