+

रक्सी पिउँदा छालामा कस्तो असर पर्छ ?

२०८१ जेठ  १३ गते १३:४८ २०८१ जेठ १३ गते १३:४८
रक्सी पिउँदा छालामा कस्तो असर पर्छ ?

रक्सी पिउनुका अनेकौं बेफाइदा छन् । यसले स्वास्थ्यमा विभिन्न असर पुर्‍याउँछ । रक्सीले छालामा पनि असर पुर्‍याउँछ भन्ने विषयमा भने कमै चर्चा भएको पाइन्छ ।

रक्सीले शरीरमा पानी र नुनको मात्रा कम गराउँछ, जसकारण छाला सुक्खा र कडा हुन पुग्छ । अत्याधिक रक्सी सेवनले पनि छाला चाँडै बूढो देखिन सक्छ । छाला सुक्खा हुँदा यसमा चिलाउने, फुट्ने चिरा पर्नेजस्ता समस्या पनि देखापर्न सक्छन् । यसले गर्दा छालाको प्राकृतिक चमक हराउन जान्छ र छाला बाक्लो तथा अस्वस्थ देखिन सक्छ ।

रक्सीले छालामा हुने विभिन्न रोग बढाउँछ

रक्सीको अत्याधिक पिउँदा छालासम्बन्धी निम्न रोग निम्तिन सक्छन् ।

डन्डीफोर : रक्सीले छालामा तेलको उत्पादन बढाउँछ, जसले छालामा डन्डीफोर बढ्न सक्छ ।

सोरायसिस : रक्सीले शरीरको प्रतिरक्षा प्रणालीलाई असर गर्छ, जसले सोरायसिसको लक्षणहरूलाई बढाउन सक्छ ।

डाबर एलर्जी : रक्सीले शरीरमा हिस्टामिनको मात्रा बढाउँछ, जसले गर्दा डाबर एलर्जी उत्पन्न हुन्छ ।

एक्जिमा : रक्सीले छालाको आन्तरिक संरचनामा परिवर्तन ल्याउँछ, जसले गर्दा एक्जिमाको समस्या बढ्न सक्छ ।

रोजासिया : रक्सीले रक्तनलीहरू फुलाउँछ, जसले गर्दा अनुहार रातो र सुन्निएको देखिन सक्छ ।

पोर्फाइरिया : यो दुर्लभ रोग हो, जसमा रक्सीले समस्या झन् गम्भीर बनाउँछ ।

चाया : रक्सीले छालाको रंग बदल्न सक्छ, जसले गर्दा छालामा चाया देखिन सक्छ ।

शरीर चिलाउने : रक्सीले छालामा चिलाउने समस्या बढाउन सक्छ ।

नङका विभिन्न रोग : रक्सी सेवनले नङमा विभिन्न रोगको जोखिम बढाउँछ ।

अनुहारको रातोपन (फ्लसिङ) : रक्सीले छालाको रक्तनलीहरू फुलाउँछ, जसले अनुहार रातो र सुन्निएको देखिन सक्छ । यो समस्या विशेषगरी टाउको र घाँटीको क्षेत्रमा देखिन्छ । लामो समयसम्म रक्सी सेवन गर्दा यो समस्या स्थायी पनि हुनसक्छ ।

कलेजो रोग : रक्सीले धेरै हानि पुर्‍याउने अंग कलेजको हो । कलेजोमा खराबी आउँदा छालामा पनि विभिन्न समस्या देखिन सक्छन् ।

स्पाइडर एन्जिओमा : स-साना राता नसाहरू छालामा देखिन थाल्छन् ।

जन्डिस : कलेजोको रोगका कारण छाला पहेंलो हुनसक्छ ।

शरीर चिलाउने : कलेजोको समस्याले शरीरमा विषाक्त पदार्थहरू जम्मा हुन दिन्छ, जसले गर्दा छाला चिलाउँछ ।

छालाको क्यान्सर : रक्सीले छालाको क्यान्सरको जोखिम बढाउँछ । रक्सीले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ, जसले शरीरलाई छालाको क्यान्सरसँग लड्न गाह्रो बनाउँछ ।

पोषणको कमी : रक्सीले पोषक तत्वहरूको कमी गराउँछ, जसले स्वस्थ छालाका लागि आवश्यक भिटामिन र खनिजको कमी हुनसक्छ ।

भिटामिन ए :  छाला नवीकरण र कोलेजन उत्पादनका लागि भिटामिन ए महत्त्वपूर्ण हुन्छ । रक्सीले भिटामिन ए को स्तर घटाउँछ ।

जिंक : यो घाउ निको पार्न जिंक महत्त्वपूर्ण हुन्छ । रक्सीले जिंकको मात्रा कम गर्छ, जसले घाउ निको पार्न कठिन हुन्छ ।

मुखको समस्या

रक्सीले मुखमा विभिन्न समस्या ल्याउछ ।

मुख सुक्खा : रक्सीले मुख सुक्खा बनाउने भएकाले मुखसम्बन्धी विभिन्न समस्या आउनसक्छ । लामो समयसम्म रक्सी सेवन गर्नेलाई मुखको क्यान्सरको समेत जोखिम हुन्छ ।

छालारोग डा. विकास पौडेल रक्सीको असर स्वास्थ्य समस्या
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय