+

हिटस्ट्रोक कसरी हुन्छ ?

२०८१ जेठ  १४ गते ११:४८ २०८१ जेठ १४ गते ११:४८
Shares
हिटस्ट्रोक कसरी हुन्छ ?

केही दिनअघि मात्रै बलिउड अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक भएपछि अस्पताल भर्ना गर्नुपर्‍यो । आईपीएल क्रिकेटको दौरान उनलाई अत्याधिक गर्मीका कारण हिटस्ट्रोक भएको थियो । अहिले उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

अहिले धेरैलाई जिज्ञासा उठिरहेको छ हिटस्ट्रोक भनेको के हो ? यो गर्मी सम्बन्धित एक रोग हो । शरीरले आफ्नो तापक्रमलाई नियन्त्रण गर्न नसक्दा हिट-स्ट्रोक हुने गर्छ । सामान्यतया स्वस्थ मानिसको शरीरको तापक्रम ९७ देखि ९९ डिग्री फारेनहाइट मानिन्छ । त्यो भन्दा माथि भएमा ज्वरो आएको भनिन्छ । त्यस्तै शरीरको तापक्रम एक्कासी केही मिनेटमा १०६ डिग्री फारेनहाइट वा त्योभन्दा माथि बढ्न सक्छ । त्यसैलाई हिट-स्ट्रोक भनिन्छ ।

यो समस्या भएको १० देखि १५ मिनेटमा उपचार गर्न नसके मानिसको मृत्यु समेत हुनसक्छ ।

के कारणले हुन्छ ?

हाइपोथालेमस मस्तिष्कको एक क्षेत्र हो, जसले हार्मोन उत्पादन गर्छ । यसले शरीरको तापक्रम, धड्कन गति, भोक र मुडलाई नियन्त्रण गर्छ । यसमा गडबडी भएपछि हुने गर्छ । शरीरको तापक्रम एक्कासी बढ्ने, पसिना ननिस्कने हुन्छ । जसकारण शरीर चिसो हुन सक्दैन र शरीरको तापक्रम बढ्दै गएर हिट-स्ट्रोक हुन्छ ।

हिट-स्ट्रोक सामान्यतया निरन्तर शारीरिक भार पर्ने काम गर्ने जोकोही व्यक्तिलाई पनि हुनसक्छ । किनभने कामको कारण शरीरको तापक्रम बढ्ने गर्छ । त्यस्तै लामो समय घाममा वा तातो ठाउँमा बस्दा, गर्मी सहन नसक्ने व्यक्तिलाई पनि हिट-स्ट्रोक हुनसक्छ । त्यस्तै दीर्घकालीन स्वास्थ्य समस्या (मुटरोग, फोक्सो, मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या), शरीरमा पानीको कमी, मद्यपान तथा अन्य लागूऔषध प्रयोग गर्ने व्यक्तिलाई हुनसक्छ । साथै गर्मीयाममा आवश्यकता भन्दा बढी लुगा लगाउँदा पनि हिट-स्ट्रोक हुनसक्छ ।

लक्षण

टाउको दुख्ने, बान्ता हुने, शरीर कमजोरी महसुस हुने, रिंगटा लाग्ने, तिर्खा लाग्ने, मुटुको धड्कन बढ्ने, श्वास फेर्न अप्ठ्यारो हुने, चिडचिडा र दु:खी हुने, छाला सुक्खा हुने, मिर्गी लागेजस्तो हुने, मासंपेशी बाउँडिने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् ।

उपचार

कसैलाई हिट-स्ट्रोक भएमा सकेसम्म तुरुन्तै अस्पातल लैजानुपर्छ । अस्पताल पुर्‍याउनुअघि यदि कसैलाई हिट-स्ट्रोक भएमा यी प्राथमिक उपचार गर्न सकिन्छ । बिरामीलाई तातो ठाउँ वा घामबाट टाढा शीतल ठाउँमा लैजाने, बेहोस भएको छैन भने चिसो पानी खुवाउने, बेहोस भएमा खुवाउनुहुँदैन ।

बिरामीले धेरै लुगा लगाएको छ वा कस्सिने लुगा लगाएको छ भने खोलिदिनुपर्छ । यसो गर्दा शरीरलाई चिसो बनाउन मद्दत गर्छ । चिसो पानीमा कपडा भिजाएर हातखुट्टा पुछिदिने गर्नुपर्छ । हिट-स्ट्रोक भएका व्यक्तिलाई अस्पताल लगिहाल्नुपर्छ । बिरामीको स्वास्थ्य अवस्थाअनुसार जाँच गर्नुपर्ने हुन्छ ।

हिटस्ट्रोकको जोखिम

वृद्ध व्यक्ति वा बच्चालाई हिट-स्ट्रोकको बढी जोखिम हुन्छ किनभने तिनीहरूको शरीरमा गर्मी सन्तुलन गर्ने क्षमता कम हुन्छ । सुरक्षा गार्ड, ट्राफिक प्रहरी, कृषि र अन्य घाममा ज्याला मजदूरीमा काम गर्ने व्यक्तिलाई जोखिम बढी हुन्छ । किनभने यी व्यक्तिहरु अत्याधिक गर्मीमा लामो समयसम्म बाहिर बस्दा वा उभिरहँदा र निरन्तर काम गरिरहँदा हिट स्ट्रोक हुनसक्छ ।

अत्याधिक शारीरिक काम गर्दा जस्तै लामो समय भारी काम गर्दा, लामो समय दौड वा व्यायाम गर्दा पनि शरीर अत्याधिक तातो भएर हिट स्ट्रोकको जोखिम बढ्छ ।

केही सामान्य स्वास्थ्य समस्याहरू जस्तै उच्च रक्तचाप, हृदयरोग, थाइराइड र मधुमेह समस्या भएमा पनि हिट स्ट्रोक हुनसक्छ ।

अत्याधिक मदिरा वा लागूपदार्थको सेवनले शरीरले तातो बनाउँछ । जसकारण हिट-स्ट्रोकको जोखिम हुन्छ ।

बच्ने उपाय

हिट-स्ट्रोकबाट बच्ने सबैभन्दा मुख्य उपाय गर्मीले तातो भएको शरीरलाई चिसो बनाउने कोसिस गर्नु नै हो । गर्मीमा काम गर्नुपर्छ भने समय-समयमा छायामा बस्ने, कोठामा पंखा वा एसी चलाएर शरीरलाई चिसो बनाउनुपर्छ । साथै शरीरलाई चिसो राख्न समय-समयमा पानी पिउने गर्नु सकिन्छ ।

गर्मीयाम प्रा. डा. लोचन कार्की हिट-स्ट्रोक
प्रा.डा. लोचन कार्की
लेखक
प्रा.डा. लोचन कार्की
जनरल फिजिसियन 

मेडिकल काउन्सिल दर्ता नम्बर : ४६८७ एमबीबीएस, एमडी, पोस्ट ग्राजुएसन इन एभिएसन मेडिसिन वीर अस्पताल, फ्रन्टलाइन अस्पताल, हिमाल अस्पतालमा कार्यरत, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची