+

मेवा पेटका लागि कसरी ‘रामवाण’ ?

२०८१ जेठ  १५ गते १७:५४ २०८१ जेठ १५ गते १७:५४
मेवा पेटका लागि कसरी ‘रामवाण’ ?

पेटको स्वास्थ्यका लागि त ‘रामवाण’ नै मानिन्छ मेवा । यसमा पाइने पपेन नामक एन्जाइमले पाचन प्रणाली सुधार गर्नुका साथै कब्जियत हुनबाट जोगाउँछ । मेवामा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसले रोगप्रतिरोधात्मक क्षमतालाई बढाउनुका साथै छालालाई पनि स्वस्थ बनाउँछ ।

मेवामा भिटामिन ए, बी, सी र फाइबर भरपुर हुन्छ । साथै यसमा फस्फोरस, पोटासियम, आइरन, एन्टिअक्सिडेन्ट, कार्बोहाइड्रेट, प्रोटिन र सोडियम जस्ता खनिज पदार्थ पनि पाइन्छ ।

मेवामा प्रचुर मात्रामा फाइबर पाइने हुनाले कब्जियतका बिरामीका लागि लाभदायक हुन्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई चुस्त बनाएर दिसालाई नरम बनाउँछ । मेवामा पानीको मात्रा अत्याधिक हुन्छ, जसले कब्जियतको समस्या रोक्न मद्दत गर्छ । त्यसमा भएका एन्जाइमले मेटाबोलिज्ममा सुधार ल्याउँछ ।

खाली पेटमा मेवा खाँदा यसको फाइबर आन्द्रामा जमेको खराब कोलेस्टेरोल र बोसोलाई कम गर्न मद्दत गर्छ । साथै यसले लिपोप्रोटिनको पनि काम गर्छ र उच्च कोलेस्टेरोलका कारण हुने रोगबाट जोगाउँछ । यसले कोलेस्टेरोललाई नियन्त्रण गरी मोटोपन, मधुमेह र मुटुरोगबाट टाढा राख्छ ।

मेवा एन्टिइन्फ्लेमेटरी गुणले भरपुर हुन्छ र महिनावारीका बेला हुने दुखाइ र रक्तस्रावलाई कम गर्न पनि मद्दत गर्छ । यसमा पाइने केरोटिनले गर्भाशयको संकुचनलाई बलियो बनाएर अनियमित महिनावारीबाट बच्न सकिन्छ । साथै यसले केरोटिन एस्ट्रोजन हार्मोन उत्पादनलाई पनि बढाउँछ, जसले महिनावारी र गर्भावस्था दुवैमा राहत पुर्‍याउँछ ।

पेटलाई सफा राखेर यसले पेट फुल्ने समस्याबाट टाढा राख्छ । पेट फुल्ने समस्या तनावका कारण पनि हुने भएकाले खानालाई तीव्र रुपमा मेटाबोलाइज गर्छ । यसमा पाइने पपेन एन्जाइमले खानालाई मसिनो टुक्रा पार्न मद्दत गर्छ र एसिडिटीलाई रोक्छ । साथै, यसका केही एन्टिअक्सिडेन्टले पेट फुल्नबाट रोक्छ । खराब पाचन भएका व्यक्तिले दैनिक मेवा सेवन गरेमा यसबाट छुट्कारा पाउन सकिन्छ ।

४० दिनसम्म मेवा खाँदा कब्जियतलगायत समस्यामा राहत मिल्छ । यसले अल्सरको समस्याबाट पनि छुटकारा दिन सक्छ ।

मधुमेह बिरामीका लागि खाली पेट मेवा खाँदा निकै फाइदाजनक छ । मेवा लो ग्लाइेमिक इन्डेक्स फुड्समध्ये पर्ने भएकाले सुगरलाई कम गर्न मद्दत गर्छ । यो खाली पेटमा खाँदा शरीरमा सुगरको मात्रा अचानक बढ्दैन ।

कहिले खाने ?

बिहान खाली पेटमा मेवा खानु राम्रो हुन्छ । किनकि यसले शरीरबाट विषाक्त पदार्थलाई सफा गर्छ र मल त्यागलाई सजिलो बनाउँछ । पेटलाई सफा र हल्का बनाउँछ । त्यस्तै खाली पेटमा मेवा खाँदा रगतमा चिनीको मात्रा स्थिर राख्न पनि मद्दत गर्छ । साथै खाली पेटमा मेवा खाँदा छालालाई पनि फाइदा पुग्छ । वास्तवमा, यसले शरीरलाई डिटक्स गर्न र रगत सफा गर्छ । यसका कारण छालामा प्राकृतिक निखारता र चमक आउँछ ।

स्वास्थ्य पोर्टल हेल्थलाइनमा छापिएको एक रिपोर्टअनुसार १५० ग्राम मेवामा ५९ क्यालोरी, १५ ग्राम कार्बोहाइड्रेट, तीन ग्राम फाइबर र एक ग्राम प्रोटिन पाइन्छ ।

उमा कोइराला फलफूल मेवा
डा. उमा कोइराला
लेखक
डा. उमा कोइराला
पोषणविद

डा. कोइराला पोषणविद् हुन् । उनी हाल  राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिकी सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय