+

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होम प्रसाद अधिकारी

२०८३ असार  १४ गते १५:३३ २०८३ असार १४ गते १५:३३
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होम प्रसाद अधिकारी

१४ असार, काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होम प्रसाद अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको दोस्रो महाधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिमा निवर्तमान अध्यक्ष महेन्द्रराज भुसाल पनि रहनेछन् । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी निर्वाचित भएका छन् ।

निर्वाचित हुने उपाध्यहरूमा इन्दु नेपाल योञ्जन(कोशी), अभिषेक रोशन (मधेस), अरूण कोइराला(बागमती), हेमन्त श्रेष्ठ(गण्डकी), देभेश करण(लुम्बिनी), भक्तबहादुर शाही (लुम्बिनी) र कृष्णराज ढुंगाना(सुदूर–पश्चिम) रहेका छन् ।

महासचिवमा छम बहादुर अधिकारी, सचिवमा समीर शर्मा र कोषाध्यक्षमा रोजिका प्रधान निर्वाचत भएका छन् ।

यसैगरी, सदस्यहरूमा क्षितिज खतिवडा, श्रेयशध्वज जोशी, लवेन्द्र कुँवर, प्रकृति आचार्य, जगतलक्ष्मी सुजाखु, हेमकुमार बिडारी, रोशन अधिकारी र विशाल लामिछाने रहेका छन् ।

नयाँ कार्यसमितिको कर्यकाल ३ वर्षको हुनेछ ।

अधिवेशन स्वास्थ्य सेवा व्यवस्थापक संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय