+
+

भूकम्प प्रभावितका लागि आईएमई ग्रुपबाट प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १६:३२

२१ कात्तिक, काठमाडौं । आईएमई ग्रुपले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूका लागि घोषणा गरेको सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्प प्रभावितका लागि घोषणा गरिएको १ करोड ५० लाख रूपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेसन मार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरे ।

चेक हस्तान्तरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतको उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?