+
+

टिचिङ अस्पतालमा सञ्चालनको ९ वर्षपछि मंगलादेवी वर्थिङ सेन्टरको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १६:४५

कात्तिक २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा सञ्चालित मंगलादेवी वर्थिङ सेन्टरको औपचारिक उद्घाटन भएको छ ।

९ वर्ष देखि सञ्चालनमा आएको उक्त वर्थिङ सेन्टरको मंगलवार एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन भएको हो ।

अर्थमन्त्री रामशरण महत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उक्त सेन्टरका उद्घाटन गरेका हुन् ।

सन् २०१३ बाट सञ्चालनमा आएको मगंलादेवी वर्थिङ सेन्टर भारतीय दूतावासको सहयोगमा बनेको थियो ।

अर्थमन्त्री डा. महतले भारतले सञ्चालन गरेका यस्ता साना परियोजना प्रभावकारी र चाँडो निर्माण भएको बताए । अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर सहयोगी भएको बताए । उनले प्रत्येक अस्पतालमा छुट्टै यस्ता सेन्टर हुनुपर्नेमा जोड दिए ।

भारतीय राजदूत श्रीवास्तवले वर्थिङ सेन्टर भारत सरकारको साना विकास परियोजना अन्तर्गत निर्माण भएको बताउँदै आगामी दिनमा मुस्ताङमा दुई वटा र बैतडीमा एउटा सेन्टर बनाउन सहमति भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?