+
+

गुल्मीमा घाँस काट्दा लडेर एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १३:०६

२१ वैशाख, गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जना महिलाको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर-२ छापटोला निवासी ४३ वर्षकी खुमकला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर घाइते भएकी थापालाई उपचारका लागि गुल्मी जिल्ला अस्पतालमा पुर्‍याइएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?