+
+

नाडेप लघुवित्तको नाफामा ९५ प्रतिशतको गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ८:५१

२२ कात्तिक, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको नाफा ९५.८३ प्रतिशतले घटेको छ ।

लघुवित्तले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड २२ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानीमा आएको कमी तथा सञ्चालन आम्दानीमा आएको भारी गिरावटले नाफा उल्लेख्य घटेको देखिएको छ ।

कम्पनीले गत वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी ७ करोड १४ लाख गरेकोमा यो त्रैमासमा ५ करोड १९ लाखमा झरेको छ ।

कम्पनीको सञ्चालन आम्दानीमा भारी गिरावट देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा १ करोड ६६ लाख रुपैयाँ यस्तो आम्दानी रहेकोमा यो वर्षको त्रैमासमा १ लाख १३ हजार रुपैयाँमा खुम्चिएको छ ।

कम्पनीको खुद नाफामा आएको कमीले प्रतिसेयर आम्दानी ४२ पैसामा खुम्चिएको छ । यसअघि गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १० रुपैयाँ ८ पैसा थियो । कम्पनीको निष्क्रिय कर्जा पनि बढेको छ ।

गत वर्षको पहिलो त्रैमासमा ४.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्षको पहिलो त्रैमासमा ६.५६ प्रतिशत छ ।

कम्पनीको आधार दर १८.३२ प्रतिशत छ भने स्प्रेड दर ४.१० प्रतिशत छ । मंगलबार बजार बन्द हुँदा कम्पनीको प्रतिसेयर मूल्य ५०३ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?