+
+

मंसिर १० देखि घलेम्दी हाइड्रोपावरको हकप्रद खुल्ने, रेटिङले देखायो जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १०:२७

२२ कात्तिक, काठमाडौं । घलेम्दी हाइड्रोपावरले मंसिर १० देखि १ बराबर २ अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्य १०० दरले एक करोड १० लाख कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको हो ।

ठूलो मात्रामा कम्पनीले हकप्रद सेयर निस्कासन गर्न लागेको छ । पुस १ गतेसम्म लगानीकर्ताले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

२ कात्तिकसम्म कायम सेयरधनीले मात्रै हकप्रदका लागि आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निस्कासनलाई इन्फोमेरिक्सले बी रेटिङ प्रदान गरेको छ ।

प्राप्त रेटिङले वित्तीय दायित्व वहनका लागि कम्पनी जोखिममा रहेको जनाउँछ । कम्पनीले हकप्रदबाट प्राप्त रकम सांगि्रला ऊर्जा लिमिटेडमा लगानी गर्ने जनाएको छ ।

सांग्रिला ऊर्जा कम्पनीले संखुवासभामा छुजुङखोलाको पानी उपयोग गरी ६३ मेगावाट विद्युत् उत्पादन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?