+
+

तस्वीरमा हेर्नुस् भूकम्प प्रभावित जाजरकोट सदरमुकाम खलङ्गा

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० कात्तिक २२ गते १२:१९

२२ कात्तिक, खलङ्गा (जाजरकोट) । शुक्रबार मध्यराति गएको भूकम्पबाट जाजरकोट सदरमुकाम खलङ्गा शोकमा डुबेको छ ।

जिल्लाका विभिन्न पालिकाबाट आएर भाडामा बस्नेहरुको संख्या अधिक रहेको खलङ्गास्थित भेरी नगरपालिकामा ३६ जनाको मृत्यु भएको छ । तीमध्ये १३ महिला, ४ पुरुष र ११ बालक छन् । प्रभावित क्षेत्रमा खोज, उद्धार र पुनर्स्थापनाको काममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका छन् ।

सदरमुकाम खलङ्गामा अहिले राहत सामग्री लिएर आउनेहरुको भीड भएपनि पीडितहरुले राहत नपाएको गुनासो गरिरहेका छन् । उनीहरु खुला आकाशमुनि भोकै बस्न बाध्य भएको बताइरहेका छन् ।

सदरमुकाममा अन्य स्थानीय तहबाट आउनेहरुको संख्या धेरै छ । तर, बाहिरको पालिकाका मान्छे भनेर राहत वितरणमा विभेद गरिएको उनीहरुले गुनासो गरेका छन् ।

सदरमुकामका खुला स्थानहरुमा अहिले उनीहरु आश्रय लिइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा भने भूकम्पपछि एकद्वार प्रणालीमार्फत राहत वितरण जारी राखिएको बताउँछन् । ‘प्रभावित क्षेत्रहरुमा स्थानीय सरकारमार्फत राहत वितरण गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘यो पहिलो चरणको आपतकालीन राहत हो, थप क्रमशः वितरण गर्दै जान्छौं ।’

भूकम्पबाट सदरमुकाममा रहेका ढुंगामाटोले बनाइएका घरहरु क्षतिग्रस्त बनेका छन् ।

हेर्नुस् जाजरकोट सदरमुकाम खलङ्गाका केही तस्वीरहरु :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?