+
+

फिल्म ‘सञ्जीवनी’को छायांकनमा ढिलाइ हुँदा अलमलमा कुसुम

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १४:१६
फाइल तस्वीर

काठमाडौं । प्रकाश सपुतसँगको गीत ‘सकम्बरी’ रिलिज भएपछि मोडल कुसुम शर्मा एकाएक चर्चामा आइन् । मिडिया अन्तर्वार्तादेखि म्युजिक भिडियोमा उनको डिमान्ड चुलियो । यसबीच उनले पहिलो फिल्मको रुपमा ‘सञ्जीवनी’ पनि साइन गरिन् ।

निर्देशक दिनेश श्रेष्ठले फिल्मको घोषणा पोस्टर सार्वजनिक गर्दै आर्यन सिग्देल र कुसुमलाई अनस्क्रिन कपलको रुपमा कास्ट गरिएको बताएका थिए । फ्यान पनि कुसुमलाई ठूलो पर्दामा हेर्न निकै उत्साहित थिए । कुसुमका लागि पनि यो रजतपटमा अघि बढ्ने मौका थियो ।

तर फिल्मको छायांकन समयमै सुरु नहुँदा कुसुम अलमलमा परेकी छिन् । उनको डेब्युमा ढिलाइ हुँदा अन्य योजना प्रभावित भएजस्तो देखिन्छ । ‘शकुन्तला’ फेम्ड निर्देशक श्रेष्ठले भदौदेखि छायांकन हुने बताएका थिए ।

निर्माता क्यानडामा फिल्मको छायांकन गर्ने तयारीमा छन् । तर भिसा आउन भएको ढिलाइले निर्धारित समयमै सुटिङ सुरु हुन नसकेको निर्माताको दाबी छ । स्रोतका अनुसार निर्माताले यो फिल्म नखेलेसम्म अरु फिल्ममा साइन नगर्न भनेका छन् । कुसुम र निर्माताबीचको यो सहमतिका कारण कुसुमले अन्य फिल्म पनि साइन गरेकी छैनन् । तर कुसुम यतिबेला म्युजिक भिडियोमा भने व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?