+
+

कुसुम शर्मालाई प्रश्न : चर्चामा आउन प्रकाश सपुतसँगै काम गर्नुपर्ने हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते १३:४१

काठमाडौं । कुसुम शर्माको डेब्यु गीत ‘सकम्बरी’ सन् २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत बन्यो । यो गीतमा उनी प्रकाश सपुतसँगै देखिएकी छिन् । अहिलेसम्म यो गीतलाई ५ करोड ५० लाख पटक हेरिएको छ ।

त्यो गीत रिलिजपछि कुसुम एकाएक लाइमलाइटमा आइन् । त्यसयता धेरैले उनलाई कुसुम शर्मा कम र सकम्बरीको रुपमा बढी चिन्छन् । म्युजिक भिडियोमा आफ्नो बोल्ड प्रस्तुतिको कारणले पनि उनी चर्चामा आउँछिन् ।

‘सकम्बरी’ रिलिजपछि उनले दर्जन म्युजिक भिडियोमा काम गरिन् । गत साता उनको नयाँ गीत ‘चाहन्छु ५’ रिलिज भयो । जसलाई अहिलेसम्म एक लाख ६५ हजार पटक हेरिएको छ । त्यसअघि उनले गरेका अन्य गीतका भ्युजको अवस्था पनि निकै कमजोर देखिन्छ ।

प्रकाश सपुतसँगको उनको पछिल्लो गीत ‘मुटु कटक्कै’लाई दुई दिनमा १० लाख पटक हेरिएको छ । यो युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । यो गीत रिलिज भएसँगै कुसुम पुनः चर्चामा छिन् । ट्रेन्ड हेर्दा के देखिन्छ भने प्रकाश सपुतसँगका गीतमा मात्र उनी चलेको देखिन्छ । अन्य गीतमा भने उनी छायामा छिन् ।

कुसुमलाई प्रश्न– चर्चामा आउन कुसुमलाई प्रकाश सपुतसँगै काम गर्नुपर्ने हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?