काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘फूलमाया’ले कुसुम शर्मालाई एकाएक चर्चामा ल्यायो । यति चर्चा कि, धेरैले उनलाई कुसुम शर्मा कम र सकम्बरी नामले ज्यादा चिन्छन् ।
उनै सकम्बरीले कथानक फिल्ममा डेब्यु गरेकी छन् । मिलन चाम्सले निर्देशन गरिरहेको फिल्म ‘वर एण्ड वधु’बाट उनले अभिनयमा डेब्यु गरेकी हुन् । यतिबेला राजधानीमा यसको धमाधम सुटिङ चलिरहेको छ ।
केही दिनअघि कुसुमको भागका दृश्य खिचिएको छ । फिल्ममा उनको फेन्टासी क्यारेक्टर छ । निर्माण स्रोतका अनुसार नेपालतिरको ३० प्रतिशत भागमा कुसुम देखिनेछिन् ।
‘कथामा ट्वीस्ट आउने क्यारेक्टरको रुपमा उहाँ हुनुहुन्छ । रोमकम र फेन्टासी क्यारेक्टरमा उहाँलाई देखाएका छौं । उहाँले राम्रो काम पनि गर्नुभएको छ’ निर्माण स्रोतले भन्यो ।
नेपाली र हिन्दी भाषामा निर्माण हुने यो फिल्मको यसअघि बाँकी सुटिङ युरोपमा गरिएको छ । सुदीप बरालले छायांकन गरिरहेको यो फिल्मको सेड्युल अझै केही साता चल्नेछ । फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्यको शीर्ष भूमिका छ । गतसाता किरण केसीको डन अवतार सार्वजनिक भएको थियो ।
प्रतिक्रिया 4