+
+

रियल र बायर्नसहित चार क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते ७:५२

२३ कात्तिक,  काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिख युरवपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको खेलहरु पछि रियल र बार्यनसहित स्पेनकै रियल सोसिडाड र इटालियन क्लब इन्टर मिलालने प्रिक्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।

समूह सी अन्तर्गत खेलमा रियलले एससी ब्रागालाई ३-० ले पराजित गर्दै दुई खेल अगाव नकआउट चरणमा स्थान बनायो । रियलका लागि घरेलु मैदानमा ब्राहिम डियाजले २७औं, भिनिसियस जुनियरले ५८औं र रोड्रिगोले ६१औं मिनेटमा गोल गरे । भिनिसियस र रोड्रीगोले एक एक असिस्ट पनि गरे ।

शतप्रतिशत जितपछि रियल चार खेलबाट १२ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यसै समूहको अर्को खेलमा नापोली र युनियन बर्लिनले १-१ को बराबरी खेले । नापोली चार खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै ह्यारी केनको दुई गोल मदतमा समूह ए को खेलमा बायर्नले टर्किस क्लब गालातासारलाई २-१ ले हराएर प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । केनले ८०औं र ८६औं मिनेटमा गोल गरे । गालातासारेका लागि इन्जुरी टाइममा सेड्रिक बाकाम्पुले एक गोल फर्काए ।

जितपछि बायर्न शतप्रतिशत नतिजासहित चार खेलबाट १२ अंक जोडेर समूह ए को शीर्ष स्थानमा छ ।

यस समूहको अर्को खेलमा म्यान्चेष्टर युनाइटेड डेनिस क्लब एफसी कोपनहेगनसँग ४-३ ले पराजित भएको छ ।

प्रतिस्पर्धातम्क खेलमा युनाइटेडले सुरुको आधा घण्टामै बनाएको दुई गोलको अग्रता जोगाउन सकेन । यस्तै मार्कुस रासफोर्डले पहिलो हाफको अन्त्यतिर रातो कार्ड पाएपछि युनाइटेडले दोस्रो हाफ दश खेलाडीमा रहेर खेलेको थियो ।

रासमस हालुन्डले तेस्रो र २८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए पनि जोगाउन सकेन ।

४२औं मिनेटमा रासफोर्डले रातो कार्ड पाएपछि युनाइटेडलाई धक्का लाग्यो । त्यसैको फाइदा उठाउँदै कोपनहेगनका लागि ४५औं मिनेटमा मोहमेद एल्योउनोउसी र पहिलो हाफको इन्जुरी टाइममा डिएगो गोन्काल्भेसले पेनाल्टीमा गोल गरी खेल बराबरी गरे ।

एक खेलाडी कम भएपनि कप्तान ब्रुनो फर्नाडेजले ६९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई फेरी अग्रता दिलाएका थिए । तर अग्रता जोगाउन सकेन ।

लुकास लेरागेर ८३औं मिनेटमा गोल गर्दै कोपनहेगनलाई फेरि खेलमा फर्काए भने ८७औं मिनेटमा रुनी ब्राड्ज्घीले गोल गर्दै कोपनहेगनलाई जित दिलाए ।

जितपछि चार खेलबाट ४ अंक जोडेको कोपनहेगन दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपनि कोपनहेगनले गालातासारेलाई पछि पारेको छ । युनाइटेड चार खेलबाट ३ अंकसहित पुछारमा छ ।

इन्टर र सोसिडाडपनि नकआउट चरणमा

समूह डी बाट स्पानिस क्लब सोसिडाड र इटालियन क्लब इन्टर मिलालने पनि अन्तिम १६ मा स्थान पक्का गरे ।

सोसिडाडले पोर्चुगिज क्लब वेनफिकालाई ३-१ ले हरायो । सोसिडाडका लागि मिकेल मेरिनोले छैटौं, मिकेल ओयाजाबलले ११औं र  एन्डर बारेनेजियाले २१औं मिनेटमा गोल गरे । वेनफिकाका लागि राफा शिल्भाले दोस्रो हाफमा एक गोल फर्काएका थिए ।

यस्तै इन्टरले एफसी साल्जवर्गलाई १-० ले हरायो । इन्टरका लागि लाउटारो मार्टिनजेले ८५औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।

जितपछि सोसिडाड र इन्टरको समान १० अंक भएको छ । गोलअन्तरमा सोसिडाड अघि छ ।

चार खेलपछि ३ अंक रहेको साल्जवर्ग र अंकविहिन वेनफिका भने समूह चरणबाटै बाहिरिएको छ ।

आर्सनल विजयी

समूह बी को खेलमका इंग्लिस क्लब आर्नसलले स्पानिस क्लब सेभियालाई २-० ले हरायो । आर्सनलका लागि घरेलु मैदानमा लियोन्ड्रफ ट्रोसार्डले २९औं र ६४औं मिनेटमा बुकायो साकाले गोल गरे ।

जितपछि आर्सनल चार खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । सेभिया दुई अंकसहित पूछारमा छ ।

यसै समूहको अर्को खेलमा पिएसभी आइन्डहोभनले लेन्सलाई १-० ले हरायो । आइन्डहोभनका लागि लुक डे जोङले १२औं मिनेटमा गोल गरे । जितपछि आइन्ड होभन लेन्सलाई पछि पार्दै दोस्रो स्थानको उक्लेको छ । दुवैको समान ५ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?