+
+

रामग्राम स्तूपमा उत्खनन, इतिहास खोजिँदै

रासस रासस
२०८० कात्तिक २३ गते १७:३२

२३ कात्तिक, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा उत्खनन सुरु गरिएको छ ।

रामग्राम नगरपालिका–७ मा रहेको रामग्राम स्तूपमा भएको विहार र ठूलो पोखरीको संरचना पत्ता लगाउने उद्देश्यले यही कात्तिक १५ गतेदेखि उत्खनन सुरु भएको युनेस्कोको सल्लाहकार तथा दुरहाम विश्वविद्यालयका प्राध्यापक रवीन कनिङमले बताए ।

भगवान बुद्धको सिङ्गो अस्तुधातु रहेको उक्त स्तूपको पश्चिम उत्तर क्षेत्रमा भग्नावशेष खोज्न उत्खनन सुरु गरिएको उनको भनाइ छ । उनका अनुसार विहार र पोखरीको पर्खाल एउटै छ वा फरक छ भन्ने विषयमा पनि अध्ययन गरिनेछ ।

विहार निकै ठूलो क्षेत्रमा फैलिएको प्राध्यापक कनिङमको भनाइ छ । यस क्षेत्रमा रहेको भग्नावशेष कहिले, कसरी र कस्को समयको बनेको हो ? भन्ने विषयमा अध्ययन गरिने उनको भनाइ छ ।

रामग्राम स्तूपको विकासका लागि लुम्बिनी विकास कोषले बनाएको गुरुयोजनाअन्तर्गत उत्खनन सुरु भएको हो । स्तूप वरपर हाल विभिन्न भौतिक संरचना निर्माण भएका छन् । बिना योजनाको निर्माण गरिने भौतिक संरचनाले स्तूपको पुरातात्विक महत्वमा असर पर्ने उनको भनाइ छ । उत्खननका क्रममा हाल केही इँटा तथा पर्खाल जस्तो देखिने संरचना भेटिएको छ ।

लुम्बिनी विकास कोषको वरिष्ठ पुरातत्वविद् अधिकृत हिमाल उप्रेतीले रामग्राम स्तूपमा पहिले मानव बस्तीको विकासबारे अध्ययन गरिने बताए । सन् २००८ तथा २००९ मा स्तूपमा जियोफिजिक्स गर्दा जमिनको सतहमुनि ठूलो विहार र पोखरीको भगनावशेष देखिएको पुरातत्वविद्ध उप्रेतिले बताए ।

स्तूपमा सन् २००४ मा पहिलो पटक उत्खनन गरिएको थियो । ओरियन्टल कलचरल हेरिटेज प्रोटेक्सन अलाइन्स फन्डको आर्थिक सहयोग तथा युनेस्को, दुरहम विश्वविद्यालय र लुम्बिनी विकास कोषको संयोजनमा भइरहेको उत्खनन २८ दिनसम्म चल्नेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?