+
+

हिमालयन डिस्टिलरीको नाफा ५१ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते ९:२५

२४ कात्तिक, काठमाडौं । मदिरा उत्पादक तथा वितरक कम्पनी हिमालयन डिस्टिलरीको नाफा ५१ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरणअनुसार खुद नाफा १० करोड ५ लाखमा खुम्चिएको छ ।

गत वर्षको यस अवधिमा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बिक्री आम्दानी र खुद सञ्चालन आम्दानी घट्दा कम्पनीको नाफामा असर पारेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी (ग्रोस रेभिन्यू) करिब ४१ करोड रुपैयाँले घटेको छ भने बिक्री आम्दानी करिब २६ करोडले घटेको छ । जसको प्रभावले सञ्चालन नाफा आधामा खुम्चिन पुगेको छ ।

गत वर्षको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ३० करोड ३७ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा १५ करोड ६२ लाखमा खुम्चिएको छ । यसले नाफामा प्रत्येक्ष असर पारेको हो । नाफा घट्दा वार्षिक प्रतिसेयर आम्दानी पनि घटेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पहिले ३५ रुपैयाँ ५२ पैसा रहेकोमा अहिले १७ रुपैयाँ ३२ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ४१ पैसा छ ।

बिहीबार बजार बन्द हुँदा यो कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ८६८ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?