+
+

६ वर्षपछि थवाङ पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १३:३८

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झण्डै ६ वर्षपछि रोल्पाको थवाङ पुगेका छन् । माओवादीको विशेष रुपान्तरण अभियान अन्तरगत थवाङ गाउँपालिकाको कार्यक्रममा भाग लिन उनी थवाङ पुगेका हुन् ।

सशस्त्र द्वन्द्वका क्रममा थवाङलाई माओवादीको आधार क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौं १० का साथै रोल्पाबाट चुनाव जितेका थिए ।

झण्डै ६ वर्षपछि थवाङ पुगेका प्रचण्डले ४० वर्षअघि पहिलोपटक थवाङ आएको सम्झिए । सशस्त्र विद्रोहको तयारी, उठान र सञ्चालन पनि यहीँबाट गरिएको भन्दै उनले भने, ‘थवाङ विचार र क्रान्तिको प्रतिक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ ।’

जहिले पनि थवाङ आएर फर्किंदा आफूले उर्जा लिएर फर्किने गरेको माओवादी अध्यक्ष प्रचण्डले सुनाए । शान्ति प्रक्रियामा आएपछि विभावित भएका माओवादीहरुबीच अहिले क्रमशः एकताको आधार तयार भइरहेको भन्दै उनले भने, ‘विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकतावद्ध हुन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?