+
+

फिल्म ‘पशुपतिप्रसाद’को तेस्रो शृंखला बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १६:३२

काठमाडौं । अपुरा र छाडिएका पात्रको कथा पूरा गर्नुपर्ने भन्दै निर्माताले फिल्म ‘पशुपतिप्रसाद ३’ बनाउने घोषणा गरेका छन् । शुक्रबार आयोजित पत्रकार भेटघाटमा खगेन्द्र लामिछाने र दीपेन्द्र के खनालले यस्तो जानकारी दिए ।

खगेन्द्रको पटकथा रहने फिल्मलाई दीपेन्द्रले निर्देशन गर्ने उल्लेख छ । टुकी आर्ट्सको ब्यानरमा रोजिना सिटौलाले फिल्म निर्माण गर्ने जनाइएको छ ।

तेस्रो श्रृंखला बनाउनेबारे जारी विज्ञप्तिमा भनिएको छ, ‘पशुपतिप्रसाद र पशुपतिप्रसाद २ हेरेपछि दर्शकले पशुपतिप्रसाद ३ कहिले आउँछ भनेर हामीलाई प्रश्न गर्नुभयो । हामीलाई पनि लाग्यो ती फिल्ममा छाडिएका अपूरा कथा र छोडिएका पात्रको कथा हामीले पशुपतिप्रसाद ३ मा पूरा गर्नुपर्छ ।’

फिल्मको दोस्रो शृंखला ‘भष्मे डन’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको सन्दर्भमा नयाँ सिक्वेलबारे जानकारी दिइएको हो । तेस्रो श्रृंखलामा खगेन्द्र र वर्षा सिवाकोटी दोहोरिने जनाइएको छ । तर पहिलो भागबाटै पशुपतिप्रसाद पात्रको कथा टुंगिएकाले तेस्रो श्रृंखलामा उसको भूमिकालाई कसरी पुनर्स्थापित गरिनेछ भन्नेबारे बहस चाहिं हुन सक्छ । ‘भष्मे डन’को पनि ‘ओपन इण्डिङ’ भएकाले दर्शकले नयाँ श्रृंखला आउने अड्कल काटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?