+
+

निफमा खगेन्द्र र मेनुकाको फिल्म ‘गुराँस’को नेपाल प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते २०:२३

काठमाडौं । खगेन्द्र लामिछाने र मेनुका प्रधान अभिनित फिल्म ‘गुराँस’लाई शनिबार नेपाल प्रिमियर गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा फिल्म देखाइएको हो ।

फिल्म प्रिमियरपछि निर्माता रामकृष्ण पोखरेल र अभिनेत्री प्रधानले दर्शकसँग प्रश्नोत्तर गरे । दर्शकको उत्कृष्ट प्रतिक्रियाले आफू हर्षित भएको मेनुकाले बताइन् ।

निर्माता पोखरेलले बाल मनोविज्ञानबाट भनिएको कथालाई दर्शकले रुचाएकोप्रति आभार व्यक्त गरे ।

यसअघि यो फिल्मलाई चेक गणतन्त्रको द कार्लोभी भारी इन्टरनेसनल फेस्टिभलमा प्रिमियर गरिएको थियो जुन मेनुकाको लागि करिअरकै पहिलो फिल्म फेस्टिभल हो ।

यो फिल्मलाई सिक्किमका सौरभ राईले निर्देशन गरेका हुन् । प्रिमियरमा अभिनेत्री दीया मास्केसहित फिल्म निर्देशकहरु सहभागि थिए ।

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको फिल्मले दार्जिलिङको बदलिंदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । फिल्मले दुई पुस्ताका चरित्रमार्फत छोरी र आमाबुबाको फरक-फरक चिन्तालाई पनि उजागर गर्ने प्रयास गरेको छ ।

‘गुराँस’लाई लोआईक्यु प्रोडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुँलाटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् ।

छायांकन सुबल केआरले गरेका हुन् । सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता साउन्ड डिजाइनर पनि हुन् । अंकिताले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमको सिरिज ‘पञ्चायत’मा पनि काम गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?