+
+

कतारका विदेश राज्यमन्त्री बिहीबार नेपाल आउने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १९:१६

६ मंसिर, काठमाडौं । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने औपचारिक भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री अल–मुराइखी नेपाल आउने भएका हुन् ।

भ्रमणका क्रममा अल–मुराइखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै उनी परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय बैठकमा समेत सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?