+
+

मानवअधिकार आयोगको अपील : घृणायुक्त अभिव्यक्ति बन्द गर

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते १७:३०

८ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्तिहरु रोक्न आग्रह गरेको छ ।

बिहीबार काठमाडौंमा भएको प्रर्दशनहरुमा एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको पाइएको आयोगले बताएको छ । आयोगले शुक्रबार वक्तव्य जारी गर्दै भनेको छ, ‘यस प्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मुल्य मान्यता विपरित भएको आयोगको ठहर छ ।’

आयोगले आफ्ना विमतिहरु राख्दा र विरोधका कार्यक्रमहरु गर्दा संविधान र कानुनको परिधिभित्र रहन र कसैप्रति लक्षित घृष्णायुक्त अभिव्यक्ति नदिन, सामाजिक सजालशहरुमा नराख्न समते आग्रह गरेको छ । साथै प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न समेत सरकारलाई आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?