+
+

कोशीको बजेटमा एमाले र राप्रपाको खर्च कटौतीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १२:५१

१३ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेकाे छ । अध्यादेशको बजेट प्रतिस्थापनका लागि पेश भएको विनियोजन विधेयकमाथि एमालेले ६ वटा र राप्रपाले २ वटा खर्च कटौतीकाे प्रस्ताव दर्ता गरेका हुन् ।

सोमबार र मंगलबार प्रदेशसभामा विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि छलफल भएको थियो ।

छलफलपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि बुधबार विहान ११ बजेसम्मका लागि समय दिइएको थियो । साे समयमा आठवटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

बुधबार दिउँसो १ बजेपछि प्रदेशसभा बैठक बस्दैछ । बैठकबाट विनियोजन विधेयक पास गर्ने सरकारको तयारी छ ।

प्रदेशसभा सचिवालयका अनुसार एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, सांसद विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राईले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र सांसद गोपाल विश्वकर्माले छुट्टाछुट्टै खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फत ५० करोड रुपैयाँ थप गर्दै मुख्यमन्त्री केदार कार्कीले शनिबार बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । कार्कीले प्रस्तुत गरेको बजेट ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट छ । जुन अध्यादेशमार्फत ल्याइएको बजेट भन्दा करिब ५० करोड रुपैयाँ बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?