+
+

मंसिर २८ मा विवाह गर्दै पूर्वमिस नेपाल श्रृंखला खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १८:१७

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए । अहिले दुवै जनाको परिवार विवाहको तयारीमा व्यस्त रहेको जनाइएको छ ।

श्रृंखलाले आफूहरु होपलेस–रोमान्टिक प्रवृत्तिको व्यक्तिहरु भएको भन्दै प्रेम खुलाएकी थिइन् । दुवै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको भन्दै उनले भन्नैपर्ने समय आएकाले सम्बन्ध खुलाउनुपरेको बताएकी थिइन् ।

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला पेशाले इन्जिनियर हुन् । हार्वर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढेर नेपाल फर्किएकी श्रृंखला र सम्भवको रोमान्सको गाइँगुइँ केही समयदेखि नै चलिरहेको थियो ।

श्रृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन् । सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा पनि श्रृंखला अन्तिम १२ मा प्रवेश गरेकी थिइन् । उनले त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस पनि जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?