+
+

सीटीईभीटी सदस्य सचिवका लागि ३ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १७:५८

२५ मंसिर, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिव पदको लागि तीन जनाको नाम सिफारिस भएको छ ।

गत असोजमा रिक्त पदका लागि महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडालको नाम सिफारिस गरिएको सिफारिस समितिका सदस्य तथा शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले सोमबार तीन जनाको नाम सिफारिस गरेको हो । समितिले सिफारिस गरेको नामावली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने र मन्त्रिपरिषद्ले तीन जना मध्ये कुनै एक जनालाई सदस्य सचिवमा नियुक्त गर्नेछ । समितिले ८ मंसिरमा आवेदन परेकामध्ये ८ जनाको कार्ययोजना प्रस्तुतिकरण र अन्र्तवार्ता लिएको थियो ।

परिषद्का अनुसार तीन महिना भन्दा बढी समयदेखि कार्यकारी पद रिक्त हुँदा कर्मचारी सरुवा, बढुवा तथा दैनिक कामहरुमा समेत प्रभाव परिरहेको थियो ।

गत ४ साउनमा तत्कालिन सदस्य सचिव जीवनारायण काफ्लेको उमेर हदका कारण नियुक्त भएको दुई वर्षमा नै सेवा अवधि सकिएको थियो । तर मन्त्रिपरिषदले चार वर्षे कार्याकालको लागि आफुलाई सदस्य सचिवमा नियुक्त गरेकोले सो अवधिभर काम गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनले थप दुई महिना काम गरेका थिए । तर असोजमा सर्वोच्चले तोकिएको समयावधि बाँकी रहेपनि उमेर हद्बन्दीको कारण कारण सदस्य सचिवको रुपमा काम गर्न नमिल्ने फैसला गरेपछि उनी बाहिरिएका थिए ।

त्यसपछि रिक्त रहेको सदस्य सचिव पदको लागि सोमबार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?