+
+

कस्तो छ भगवानको अनुहार ? शोधकर्ताले बनाए यस्तो तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १२:३०

काठमाडौं । संसारका हरेक ठाउँमा विभिन्न धर्म तथा संस्कृतिका मानिसहरुले आफूले मान्ने भगवानका तस्वीर तथा मूर्तिहरु आफ्नो मान्यता अनुसार बनाएका छन् । मानिसको आफ्नो रितिथिति तथा ठाउँ विशेष अनुसार एउटै भगवानको भगवानको अनुहार तथा भेषभुषा पनि फरक फरक देखिन्छ । यस्तोमा आखिर भगवानको वास्तविक अनुहार कस्तो हुन्छ होला ? भन्ने प्रश्न मनमा उठ्नु स्वभाविकै हो ।

इसाई धर्ममा लामो समयदेखि यो कुरामा बहस हुँदै आएको छ कि यशुलाई के मन पर्छ ? उनको छालाको रङ देखि उनको शरीरको उचाइ कस्तो र कति होला ? आदि आदि । अन्ततः शोधकर्ताहरुले अमेरिकी मानिसहरुको कल्पनासँग मेल खानेगरी उनीहरुको भगवानको एउटा तस्वीर तयार गरेका छन् ।

एक नयाँ प्रविधिको प्रयोग गरी उत्तरी क्यारोलिना विश्वविद्यालयका मनोवैज्ञानिकहरुले भगवानको अनुहार तयार पारेका हुन् । यसले अमेरिकीहरुको सोँचमा भगवानको तस्वीर कस्तो हुन्छ भन्ने देखाउँछ ।

प्लोस वान जर्नलमा प्रकाशित शोध अनुसार अध्ययनका क्रममा ५११ जना इसाई धर्माबलम्वीहरुलाई विभिन्न भाव तथा विशेषतायुक्त सयौँ जोडी अनुहार देखाइएको थियो । त्यसक्रममा उनीहरुलाई हरेक दुई मध्ये एउटा अनुहार छान्न लगाइएको थियो जुन उनीहरुको विचारमा यशुको अनुहारसँग धेरै मेल खान्छ । यसरी छानिएका तस्वीरहरु मिलाएर एउटा सिंगो तस्वीर तयार पारियो जसले औसत अमेरिकी इसाइहरुको कल्पनाको प्रतिनिधित्व गर्दछ ।

त्यसक्रममा यशुको अनुहार सामान्य भन्दा धेरै नारीस्वरुप तथा तन्नेरी भएको पाइयो । तथापि यस्ता व्यक्तिगत छनोटहरु शोधमा सहभागी गराइएका मानिसहरुको राजनीतिक विचारहरुबाट समेत प्रभावित भएको थियो । अधिक रुढीवादी झुकाव भएका मानिसहरुले भगवानलाई अधिक ककेसियन तथा अधिक शक्तिशाली वामपन्थी छविको रुपमा देख्दथे । जबकि उदारवादी मानिसहरुले भने भगवानलाई अधिक नारीस्वरुप तथा प्रेमिल अनुहारयुक्त मान्दथे ।

अध्ययनमा मानव मनोविज्ञानको एक झलक पेश गरियो जसमा के प्रमाणित भयो कि मानिसहरुले भगवानको भनेर आफूसँगै मिल्दोजुल्दो तस्वीर छान्ने सम्भावना हुने रहेछ ।

अध्ययनमा स्वतन्त्र रेटिङबाट के पत्ता लाग्यो भने भगवानको अनुहार सम्बन्धी धारणाले मानिसको अहंकारवादबाट आकार लिन्छ । पाको उमेरका सहभागीहरुले एउटा पुरानो भगवानलाई देखे भने अधिक आकर्षक जिउडालका सहभागीहरुले भगवानको अनुहार पनि राम्रै कल्पना गरे । जबकि अफ्रिकी अमेरिकीहरुले भगवानको अनुहार पनि अफ्रिकी अमेरिकी जस्तै भएको अनुमान गरे ।

सो अध्यननमा संलग्न वरिष्ठ शोधकर्ता कर्ट ग्रेका अनुसार मानिसहरु प्रायः आफ्ना विश्वास तथा गुणहरु कुनै दोस्रो व्यक्तिमा थोपर्छन् । त्यसैले मानिसहरु त्यो भगवानमा विश्वास गर्दछन् जसले केवल उनीहरुले जस्तै सोँच्ने मात्र होइन उनीहरुजस्तै देखिन्छ पनि ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?