+
+

विदेशी मुद्रा सञ्चिति १७ खर्ब नजिक, ११ महिनाको आयात धान्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १५:०१

२८ मंसिर, काठमाडौं । आयातमा भएको कमी र रेमिट्यानसमा उच्च वृद्धि हुँदा चालु आर्थिक वर्ष (आव) को ४ महिनामै विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले बढेको छ ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा आउँदा १०.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो ।

अमेरिकी डलरमा असार मसानतमा ११ अर्ब ७१ करोड रहेकोमा विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० कात्तिकमा १४ अर्ब ९० अर्ब ८३ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा कात्तिक मसान्तमा २ खर्ब ५ अर्ब ९५ करोड कायम भएको छ । २०८० कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।

आयातमा कमी र विदेशी विनिमय सञ्चितिमा भएको उल्लेख्य वृद्धिले गर्दा सञ्चिति पर्याप्तता सूचकमा उल्लेख्य रुपमा सुधार भएको छ ।

राष्ट्र बैक्.ले चालु आर्थिक वर्षको अन्त्यिसमम ७ महिनाको बस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी विनियम सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?