+
+

माछापुच्छ्रेमा प्रदेशस्तरीय भलिबल, विजेतालाई ३ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १८:००

२८ मंसिर, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले दोस्रो अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिता पुस २६ र २८ गते घाचोकमा हुने जानकारी दिएको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका २५ भन्दा बढी पालिकाले भाग लिने अपेक्षा राखेको उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । ‘पत्राचार र आह्वान त गण्डकीका ८५ वटै पालिकालाई गर्नेछौं । तर, त्यसमध्येबाट कम्तीमा २५ टिम सहभागी हुने अपेक्षा राखेका छौं’, उनले भनिन् ।

प्रतियोगिता विजेताले उपाधिसँगै ३ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । सेमिफाइनलमा पराजित २ समूहले ५०/५० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाउनेछ । उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई ५/५ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगिताका लागि अनुमानित १२ लाख ८३ हजार रुपैयाँ लाग्ने माछापुच्छ्रे गाउँपालिका ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए । प्रतियोगिताको पहिलो संस्करण गतवर्ष सर्दीखोलामा भएको थियो । अघिल्लो संस्करणमा बागलुङको गलकोटले बागलुङकै निसीखोलालाई हराउँदै उपाधि हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?